गायक सुरेन्द्र राईको दुई ओटा गीत सार्वजनिक « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

गायक सुरेन्द्र राईको दुई ओटा गीत सार्वजनिक


प्रशासन संवाददाता

१६ माघ २०७५, बुधबार


गायक सुरेन्द्र राईको आफ्नै स्वर तथा शब्दमा रहेको एकान्तमा रुदै बस्छु र ‘तिम्रो छेउ बस्दा खुशी लाग्छ सारा’ गीतको बोल सार्वजनिक भएको छ ।

अत्यन्तै सुमधुर स्वरका धनी गायक राईको एकान्तमा भन्ने एल्बममा यी दुई गीत समावेश गरिएको छ ।

बुवा मान बहादुर राई र आमा इन्द्रमाया राईका कोखबाट संखुवासभा सितालपार्टी खार्तुवा नगरपालिका-११ मा उनी जन्मीएका हुन् । राई सानै देखि गायन क्षेत्रमा रुची राख्थे ।

उनी जीवन र जगतलाई संगीतमा भर्ने मात्र होइन स्वर र शब्दमा कोरेर श्रोताहरुलाई उपहार दिन चाहान्छन्।

मानिसले चाहे संसारमा असम्भव केही छैन भन्ने भनाईलाई उनले सार्थकता परिणत गरेका छन् । गायक राईको पहिलो गीत एकान्तमा रुदै बस्छु सार्वजनिक गरिसके लगत्तै उनले दोस्रो गीत सार्वजनिक गरेका हुन् ।

उनले सार्वजनिक गरेको गीतमा गायिका सिला राईले साथ दिएकी छिन् भने राईको दुवै गीतको संगीत भर्ने कार्य रुद्र श्रेष्ठले गरेका हुन् ।

यति बेला उदयमान गायक सुरेन्द्र राईको गीतले बजारमा चर्चा कमाएको छ ।

दुई वटा गीत बजारमा आई सकेपछि उनका तीन वटा गीत सार्वजनिक हुने तयारीमा छन् ।

आफै गाउने, शब्द लेख्ने र संगीत भर्न समेत प्रखर बहुप्रतिभावान गायक राई भविष्यमा श्रोताहरुको चाहना अनुसार आफ्नै मौलिक पनमा गीत पस्कीने बताउँछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस