गर्भपतन गराउने छ जना आरोपितलाई कैद « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

गर्भपतन गराउने छ जना आरोपितलाई कैद


प्रशासन संवाददाता

१३ माघ २०७५, आइतबार


सप्तरी । सप्तरीको शम्भुनाथ नगरपालिका–२ खैरबोनाकी २८ वर्षीया पुनमदेवी साहको गर्भपतन गराउने छ जना आरोपितलाई जिल्ला अदालतले आज कैद सजायको फैसला गरेको छ ।

जिल्ला न्यायाधीश कमलप्रसाद ज्ञवालीको इजलासले कुटपिट गरी चार महीनाको गर्भपतन गराएको आरोपमा सोही ठाउँकी ४८ वर्षीया रफिदन खातुन, निजका छोरा लुकमान मियाँ, छोरी महिरून खातुन, मो जालम मियाँ, जमिला खातुन र भुवन साहलाई जनही तीन महीनाको कैद सजायको फैसला गरेकोे छ ।

आरोपितले घर छेउमा कथित बोक्सीलाई घर बनाएर बस्न नदिने भन्दै कुटपिट गरी गर्भपतन गराएको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि प्रहरीले कारवाही प्रक्रिया बढाएको थियो । आरोपितमध्ये रफिदन २०७३ साल माघ १९ गते पक्राउ परेकी थिइन् भने पक्राउ नपरेका अन्य आरोपितविरुद्ध जिल्ला अदालतले म्यादी पुर्जी जारी गरेपछि अदालतमा हाजिर भएका थिए ।

तत्कालीन जिल्ला न्यायाधीश रोशन गजुरेलको आदेशमा आरोपित धरौटीमा रिहा भएका थिए । पीडितको रुपनी र राजविराजस्थित अस्पतालमा उपचार भएको थियो भने धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गर्भपतन भएको भ्रूणको शव परीक्षण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस