गजल « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

गजल


प्रशासन विशेष ब्युरो

१२ माघ २०७५, शनिबार


सरकार सेवा गर्न जाऊ

हात काटेर, भन्छ सरकार सेवा गर्न जाऊ।
खुट्टा बाँधेर, भन्छ सरकार सेवा गर्न जाऊ ।

यौवनको मधुशालामा रम्न रमाउँन नपाउँदै,
मृत्यु ताकेर, भन्छ सरकार सेवा गर्न जाऊ ।

स्वप्न देख्नु मानिसको जन्मजात स्वभाव हो,
सपना मारेर, भन्छ सरकार सेवा गर्न जाऊ।

त्यो गगनमा पुग्ने अभिलाषा मेरो पनि त छ,
एम्बुस थापेर, भन्छ सरकार सेवा गर्न जाऊ।

बाटो खनेकै छैनौ त म कसरी गुडाऊँ गाडी ?
गाडी देखाएर, भन्छ सरकार सेवा गर्न जाऊ।

 

Tags :
प्रतिक्रिया दिनुहोस