सपना विनाको यहाँ को नै पो हुन्छ र  « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सपना विनाको यहाँ को नै पो हुन्छ र 


प्रशासन विशेष ब्युरो

१२ माघ २०७५, शनिबार


सपना

हिजो,
उसले मलाई कागज गरायो ।
मेरा नौरङ्गि सपनाहरूको,
गगन छुने भर्याङ्गहरुको,
अगाडि बढ्ने बाटाहरूको,
उक्लने उकालीहरूको,
बिसाउने चौतारीहरूको,
सबको;
बेलिबिस्तार लगायो ।
तिम्रो सपना छैन ?
उसले मलाई सोध्यो ।
तिमीलाई गगन चुम्नु,
अगाडि बढ्नु पर्दैन ?
मलाई सोध्यो उसले ।
हो,
त्यही उसको प्रश्नले
मलाई सपना देख्ने बनायो ।
उसले अझै भन्यो,
खोलीको समुद्र पुग्ने,
बादलको हिमाल चुम्ने,
चरीको घुम्दै रम्ने,
यी सबै सपना नै त हुन नि ।
अनि मलाई लाग्यो
“सपना विनाको यहाँ को नै पो हुन्छ र” !
त्यही बेला देखि हो
मैले सपना देख्न थालको ।
तर सुन्दै छु आजकाल
उ,
मेरो सपनाको कागज च्यात्दैछ रे,
मैले अगाडि बढ्न समाउने लौरी भाच्दैछ रे,
अझ भन्नेले त भन्दैछन
म रोएको देखेर उ नाच्दै छ रे ।
तर अहँ;
म मान्दिन,
मलाई विश्वास फिटिक्कै छैन
जसले मलाई सपना सिकायो,
सपना के हो भनेर देखायो
उसैले यस्तो कसरी पो गर्न सक्छ र ?
के उसलाई माया छैन
मेरा आँखाबाट उ आफैले देखेको सपनाको ?
के उसलाई माया छैन
उ, म र हाम्रो अस्तित्वको ?
त्यसैले,
जसले जे सुकै भनोस्
मलाई विश्वास छ,
मलाई भरोसा छ,
उ मेरो सपनाको काजग च्यात्न सक्दैन
किनकि
उसलाई पनि थाहा छ
“सपना विनाको यहाँ को नै पो हुन्छ र” !

Tags :
प्रतिक्रिया दिनुहोस