प्रिय शासक ! « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रिय शासक !


प्रशासन विशेष ब्युरो

१२ माघ २०७५, शनिबार


प्रिय शासक !

प्रिय शासक !
म उहिल्यै
इतिहास पढेको मान्छे हुँ
त्यही इतिहासमा शासकले
शासितलाई, चार पाटा मुडेर
पैतलाको धुलो चटाउँदै,
सात डाँडापारि कटाउँथे रे !

आज म
त्यो इतिहासमा छैन,
संसारकै उत्तम
लोकतन्त्रमा बाँचेको छु रे !

हो, तिमी शासक पहलेदार,
अनि जनताका रक्षक,
न्याय र बेथितिका विरुद्ध
निकै जोडतोडका साथ
अन्तिम विन्दु सम्म लड्न
तयार छौ रे !

प्रिय, शासक
तर म मेरो तिख्खर आँखा
अनि पावरवाला चस्माले खोज्छु
तर खै भेट्न देख्न सकिन
पाटी, चौतारीको गफमा
तिमी फराकिलो छातीले देखिन्छौ रे !

प्रिय, शासक खोइ,
मनभित्रको मानसपटलमा
हृदयको कुनामा कहिले पाउँला !
मेरो दुवा छ,
जन-जन, मन-मनमा
आशाको दियो सुरु गर्नु रे !

प्रिय, शासक
यो तिम्रो अन्तिम अवसर
हुनेछ, आशा मारेको छैन,
केवल भित्री मनले
शासक शासित होइन
हाम्रो रक्षक, पहलेदार
मातृत्व हुन्छौ रे !
प्रिय, शासक !!

प्रतिक्रिया दिनुहोस