बौद्धमा ‘पर्यटक प्रहरी पोष्ट’ स्थापना « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

बौद्धमा ‘पर्यटक प्रहरी पोष्ट’ स्थापना


प्रशासन संवाददाता

९ माघ २०७५, बुधबार


काठमाडौं । उपत्यकाको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको बौद्ध क्षेत्रमा ‘पर्यटक प्रहरी पोष्ट’ स्थापना गरिएको छ ।

पर्यटक प्रहरीले बौद्ध क्षेत्र विकास समितिको सहकार्यमा सोमबारदेखि पोष्ट सञ्चालन गरी काम थालेको छ । उक्त पोष्टमा प्रहरी नायब निरीक्षकको नेतृत्वमा सात पर्यटक प्रहरी खटाएको छ । पर्यटक प्रहरी एकाइ भृकुटीमण्डपका प्रमुख एवं प्रहरी निरीक्षक अमृतबहादुर बस्नेतका अनुसार उपत्यकाका सबै पर्यटकीयस्थलमा पर्यटक प्रहरीको उपस्थित रहने योजनाअनुरुप उक्त पोष्ट स्थापना गरिएको हो ।

‘ठमेलपछि धेरै पर्यटकले घुम्ने स्थान बौद्ध क्षेत्र हो, त्यसैले उक्त क्षेत्रमा पोष्ट स्थापना गरेका हौँ’, उनले भने । यसअघि ठमेल, भक्तपुर, नगरकोट, पाटन, वसन्तपुर, पशुपति, स्वयम्भू र एयरपोर्ट क्षेत्रमा पर्यटक प्रहरी पोष्ट स्थापना गरिएको थियो । सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारको योजनालाई सफल पार्न पर्यटक प्रहरी पोष्टको ठूलो महत्व रहने पर्यटक प्रहरी एकाइ भृकुटीमण्डपले जनाएको छ ।

बौद्ध क्षेत्रमा पर्यटक प्रहरी पोष्ट स्थापना भएसँगै हालसम्म देशभर २६ स्थानमा पर्यटक प्रहरीको उपस्थिति पुगेको छ । हाल देशभर दुई सयभन्दा बढी पर्यटक प्रहरीले पर्यटकलाई सेवा प्रदान गर्दै आएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस