हारपछि काङ्ग्रेसमा सुधार : प्रवक्ता शर्मा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

हारपछि काङ्ग्रेसमा सुधार : प्रवक्ता शर्मा


प्रशासन संवाददाता

८ माघ २०७५, मंगलबार


घोराही । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले संघीय, प्रदेश एवमं स्थानीय निर्वाचनमा कांग्रेसले हारेर एकदम ठीक भएको बताएका छन् ।

काङ्ग्रेस दाङ क्षेत्र नं ३ को क्षेत्रीय भेलालाई आज सम्बोधन गर्दै उनले कांग्रेसलले हारेको हुँदा पार्टी सुधारको मौका मिलेको र हारले गतिलो पाठ सिकाएर गएको धारणा राखे । उनले पार्टीले हार व्यहोरेपछि नै पार्टीभित्र सुधारको सङ्केत देखिएको बताए ।

उनले अहिले पार्टीभित्र ठूला नेताको मिलन हुनु, केन्द्रीय पदाधिकारीले पूर्णता पाउनु,संघीय संरचनाअनुसार पार्टी कमिटी बन्नु, देशव्यापी छलफल गरेर विधान तयार हुनु नै कांग्रेसको सुधारको सङ्केत भएको दाबी गरे ।

पार्टीनिकट सबै भ्रातृ सङ्गठनले लोकतान्त्रिक परिपाटी अपनाएर नेतृत्व चयन एवम् छलफलका कार्यक्रम गरिरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस