असमानता विरुद्धको नागरिक अभियान कार्यक्रम सम्पन्न « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

असमानता विरुद्धको नागरिक अभियान कार्यक्रम सम्पन्न


प्रशासन संवाददाता

८ माघ २०७५, मंगलबार


विश्वमा धनी र गरिब विचको बढ्दो खाडल र यसबाट धनीहरु दिन प्रतिदिन धनी हुने र गरिवहरु दिन प्रतिदिन झन गरिव हुदै जाने अवस्थामा रहेको अवस्थामा स्विट्जरल्याण्ड स्थित डावोस शहरमा यहि माघ ११ देखी १८ सम्म मनाइदै गरीएको विश्व आर्थिक मञ्चको बैठकलाई लक्ष्यित गर्दे ललितपुरको जावलाखेलमा पनि असमानता विरुद्धको सांकेतिक नागरिक अभियान सम्पन्न भएको छ ।

जावलाखेलमा सम्पन्न असमानता विरुद्धको नागरिक अभियान कार्यक्रममा साहित्यिक श्रष्टाहरुले कविता वाचन तथा चित्रकलाकारहरुबाट कार्टुन तथा विभिन्न सन्देशमुलक कलाहरु प्रस्तुत गरीको थियो ।

उक्त कार्यक्रममा शताव्दी पुरुष तथा संस्कृतिविद आदरणीय सत्यमोहन जोशीको प्रमुख आतिथीको रुपमा उपस्थित भएका थिए ।

कार्यक्रममा करिव ५ सय नागरिक संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस