भोजपुरमा २० पुरुषले गरे सम्बन्धविच्छेदका मुद्दा दर्ता « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

भोजपुरमा २० पुरुषले गरे सम्बन्धविच्छेदका मुद्दा दर्ता


प्रशासन संवाददाता

८ माघ २०७५, मंगलबार


भोजपुर । नयाँ मुलुकी ऐन लागू भएको पाँच महीनामा जिल्ला अदालत भोजपुरमा २० पुरुषले सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता गराएका छन् ।

नयाँ मुलुकी संहितामा पुरुषले पनि सम्बन्धविच्छेदका लागि मुद्दा दिन पाउने व्यवस्था भएसँगै २० पुरुषले सम्बन्धविच्छेदका लागि जिल्ला अदालतमा मुद्दा दिएका हुन् ।

जिल्ला अदालत भोजपुरका अनुसार भदौमा नौ, असोजमा तीन, कात्तिकमा दुई, मङ्सिरमा दुई, र पुस महीनाको मसान्तसम्म चार पुरुषले सम्बन्धविच्छेदका लागि मुद्दा दिएका अदालतका नायब सुब्बा नवीन कोइरालाले जानकारी दिए ।

त्यस्तै २१ महिलाले सम्बन्धविच्छेदका लागि मुद्दा दिएका छन् ।

अदालतमा ५ महीनामा आएका जम्मा ४१ वटा मुद्दामध्ये २० वटा फैसला भएका छन् भने २१ वटा फैसला हुन बाँकी रहेको छ ।

वैदेशिक रोजगार, पारिवारिक असमझदारी, हतारको निर्णय, प्रेम विवाह र नयाँ पुस्ता आफूहरु स्वतन्त्र रूपमा रहन चाहनु सम्बन्धविच्छेदका प्रमुख कारण रहेको जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस