सरकारका लागि अहिले काम गर्ने उचित समय : नेता पौडेल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सरकारका लागि अहिले काम गर्ने उचित समय : नेता पौडेल


प्रशासन संवाददाता

८ माघ २०७५, मंगलबार


पाल्पा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले वर्तमान सरकारका लागि काम गर्ने उचित समय भएको बताएका छन्।

प्रेस युनियन पाल्पा शाखाद्वारा आज तानसेनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले वर्तमान सरकार अघिल्ला सरकारले सम्पन्न गरेका आयोजनाको उद्घाटनमा व्यस्त रहेको आरोप लगाए । उनले सरकारलाई काम गर्न उचित समय भए पनि बहुमतको दम्भका कारण काम हुन नसकेको बताए । वर्तमान सरकारले विकास, सुशासन तथा शान्ति सुरक्षा महसुस हुने गरी काम गर्न नसकेको उनको आरोप थियो ।

उनले संवैधानिक आयोगका पदाधिकारी नियुक्ति गर्दा संवैधानिक परिषद्बाट हुने कानूनी व्यवस्था रहे पनि विपक्षीदलको नेताको अनुपस्थितिमा भएकोप्रति आक्रोशत व्यक्त गरे । नेता पौडेलले सरकारको शिक्षा र स्वास्थ्यमा ठूलो लगानी भए पनि गुणस्तरीय सेवा पाउन नसकेको बताए । ‘शिक्षा र स्वास्थ्यमा गुणस्तरीय सेवा प्रदान गर्न सरकारको ध्यान पुग्न सकेको छैन,’उनले भने ।

प्रतिक्रिया दिनुहोस