डडेल्धुरामा चट्याङ लागेर एक जनाको मृत्यु « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

डडेल्धुरामा चट्याङ लागेर एक जनाको मृत्यु


प्रशासन संवाददाता

८ माघ २०७५, मंगलबार


परशुराम । डडेल्धुरामा चट्याङ लागेर आज एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।

मृत्यु हुनेमा आलिताल गाउँपालिका–३ बागथलाका ३० वर्षीय हर्कबहादुर थापा रहेका छन् ।

बिहान घरमा बसिरहेको अवस्थामा चट्याङ लागेर थापाको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिए ।

आलिताल गाउँपालिका–५ भित्रिसेनमा चट्याङ लागेर मानबहादुर विष्ट र गोमती विष्ट घाइते भएका छन् । दुवैलाई उपचारका लागि धनगढीस्थित सेती अञ्चल अस्पताल लगिएको छ ।

प्रतिक्रिया दिनुहोस