कांग्रेस सकारात्मक प्रतिपक्षको भूमिकामा : महामन्त्री कोइराला « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कांग्रेस सकारात्मक प्रतिपक्षको भूमिकामा : महामन्त्री कोइराला


प्रशासन संवाददाता

७ माघ २०७५, सोमबार


जनकपुरधाम । नेपाली कांग्रेसका महामन्त्री डा.शशाङ्क कोइरालाले सरकारले अहिलेसम्म कुनै उपलब्धिमूलक कार्य नगरेको आरोप लगाएका छन् । उनले कांग्रेस सकारात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्न चाहन्छ भने ।

नेपाल प्रेस युनियन धनुषाद्वारा आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलन महामन्त्री कोइरालाले सरकारले योजनाविहीन तरिकाले काम गरिरहेको आरोप लगाए । डा.गोविन्द केसीको माग पूर्ण रूपले पूरा भएको छैन भन्दै सो सन्दर्भमा संसद्मा प्रस्तुत हुने विधेयकलाई अध्ययन गरी कांग्रेसले भूमिका निर्वाह गर्ने स्पष्ट गरे ।

एक प्रश्नको जवाफमा महामन्त्री कोइरालालो प्रदेश नं २ का आर्थिक मामिला तथा योजनामन्त्रीले उद्योग, पर्यटन, वन तथा वातावरणका सचिवलाई कुटपिट गर्नु दुर्भाग्यपूर्ण घटना हो भने । यस किसिमको घटनाले संघीयतालाई नै कमजोर बनाउन सक्छ भन्दै उनले दुबै पक्षले यसको समाधान पहिल्याउनु आवश्यक रहेको धारणा व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस