बैशाख १३ गते, २०७६

यसरी थमाईदै छ कर्मचारीको हातमा समायोजनको पत्र

काठमाडौँ । कर्मचारी समायोजनका लागि फारम भर्ने कार्य सम्पन्न भएसँगै सरकार समायोजन पत्र दिने तयारीमा जुटेको छ ।

३ गते बिहीबार बसेको निर्देशन तथा समन्वय समितिको बैठकले विभिन्न १४ वटा निर्णयहरू गर्दै सङ्घ, प्रदेश र स्थानीय गरी तीनै तहमा समायोजित हुने सबै सेवा÷समूहका कर्मचारीलाई समायोजनको पत्र दिने निर्णय गरेको छ ।

समायोजनको प्रक्रिया फागुन ३ गतेसम्म सम्पन्न गरी सक्ने गरी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले काम थालेको मन्त्रालयका सहसचिव तथा प्रवक्त्ता सुरेश अधिकारीले बताएका छन् ।

‘मन्त्रालयले विभिन्न ग्रुपहरु बनाएर डेटा भेरीफिकेसनको काम तिव्ररुपमा अघि बढाएको छ,’ प्रवक्त्ता अधिकारीले भने, ‘फागुन ३ गतेसम्म समायोजनको सम्पूर्ण प्रक्रिया पुरा गरी सक्ने गरी कार्य योजना बनाएका छौँ ।’

अर्को हप्ताबाट समायोजनको चिठी दिने तयारी रहेको पनि उनले बताए ।

त्यसैगरी निर्देशन तथा समन्वय समितिले गरेका निर्णयहरू प्रशासन डटकमले प्राप्त गरेको छ ।

जसअनुसार समायोजन हुने नेपाल सरकारका सचिव/विशिष्ठ श्रेणी र प्रथम श्रेणीका कर्मचारीहरूलाई नेपाल सरकारको निर्णय बमोजिम राजपत्रांकित विशिष्ट श्रेणीका कर्मचारीहरूलाई नेपाल सरकारका मुख्य सचिवले तथा राजपत्रांकित प्रथम श्रेणीका कर्मचारीहरूलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिवले हस्ताक्षर गरी पत्र दिइने भएको छ ।

त्यस्तै अन्य सेवाका कर्मचारी र समायोजनका आवेदन नदिएका र आवेदन दिएर पनि प्राथमिकता अनुसार छनौट हुन नसकेका लगायत अन्य कर्मचारीहरूको सम्बन्धमा गरिएको निर्णय यस्ता छन् :

र यो पनि,

संघीय निजामती सेवा ऐनमा तह र श्रेणी : यस्तो छ मिलान र समकक्षता !

निजामतीमा आरक्षण : ‘एक व्यक्तिले एक पटक मात्रै’

निजामती आरक्षमा अपाङ्गता : यस्तो छ नयाँ व्यवस्था

माघ ६ गते, २०७५ - १९ः२६ प्रकाशित

प्रतिकृया लेख्नुहोस्:

gsdfs dfg