वित्त आयोगको अध्यक्षमा बालानन्द पौडेल सिफारिस « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

वित्त आयोगको अध्यक्षमा बालानन्द पौडेल सिफारिस


प्रशासन संवाददाता

६ माघ २०७५, आइतबार


काठमाडौँ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्षमा बालानन्द पौडेललाई सिफारिस गरेको छ ।

संवैधानिक परिषद्को आइतबार बसेको बैठकले पूर्वसचिव पौडेललाई आयोगको अध्यक्षमा सिफारिस गरेको हो ।

सरकारले आयोगमा यसअघि नै सचिव तोके पनि पदाधिकारी नियुक्त नहुँदा काम गर्न सकेको थिएन ।

त्यसैगरी राष्ट्रिय समावेशी आयोगमा शान्तराज सुवेदी, मधेशी आयोगमा डा.बिजयकुमार दत्त, थारु आयोगमा बिष्णुप्रसाद चौधरी र मुस्लिम आयोगमा समिम अन्सारीलाई सिफारिस गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस