हरिहर खनालको ‘सहिदगेटकी आमा’ लोकार्पण « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

हरिहर खनालको ‘सहिदगेटकी आमा’ लोकार्पण


प्रशासन संवाददाता

४ माघ २०७५, शुक्रबार


काठमाडौं । साहित्यकार, अनुवादक तथा साहित्यिक पत्रकार हरिहर खनालको नयाँ कथासङ्ग्रह ‘सहिदगेटकी आमा’ लोकार्पण गरिएको छ ।

लाजिम्पाट स्थिति डिल्लीरमण कल्याणी पुस्तकालयमा आयोजित विशेष समारोहमा वरिष्ठ माक्र्सवादी सौन्दर्य चिन्तक चैतन्य (मोहन वैद्य ‘किरण)’, बरिष्ठ माक्र्सवादी सौन्दर्य चिन्तक निनु चापागाई, समालोचक प्रा.डा. गोपिन्द्र पौडेल तथा शिखा बुक्सका प्रकाशक पुष्पराज पौडेलले संयुक्त रुपमा पुस्तक लोकार्पण गरेका थिए ।

पुस्तक माथि टिप्पणी गर्दै चैतन्यले कथा समसामयिक रहेको र पढ्न लायक रहेको तथा पुस्तकमा प्रगतिशिल र जीवनोपयोगी कथाहरुसमेत रहेको बताए । निनु चापागाईंले कथा सङ्ग्रहमा एकाध कथाहरू केही कमजोर भए पनि अन्य कथाहरू भने उत्कृष्ट र केही न केही सन्देश बोकेको कुरा बताए ।

प्रा.डा. गोपिन्द्र पौडेलले राणाकालदेखि आजसम्मको विषयवस्तु कथामा रहेको र समकालीन साहित्यमा चासो राख्ने सबैको लागि सङ्ग्रह रुचीकर रहेको बताए । कार्यक्रममा पूर्वमन्त्री तथा साहित्यकार दिनानाथ शर्मा र राजनीतिज्ञ डा.सूर्यराज आचार्यले शुभकामना मन्तव्य राखेका थिए ।

रमेश शुभेच्छुले सञ्चालन गरेका कार्यक्रम प्रकाशक पुष्पराज पौडेलको धन्यवाद ज्ञापन सहित समापन भएको थियो । खनालको १३ औं कथाकृतिको रुपमा आएको यस सङ्ग्रहमा १४ वटा कथा समेटिएको छ । शिखा बुक्सले प्रकाशन गरेको पुस्तकको मूल्य २९९/– रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस