सिंहदरवारका खाजा घर भित्र नपसी खुट्ट्याउनै मुस्किल ! (फोटो फिचर) « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सिंहदरवारका खाजा घर भित्र नपसी खुट्ट्याउनै मुस्किल ! (फोटो फिचर)


प्रशासन विशेष ब्युरो

३ माघ २०७५, बिहिबार


सिंहदरवारका खाजा घर

काठमाडौँ । उहिल्यै उहिल्यै खुबै चलनचल्तीमा रहेको तथा यदाकदा आजभोलि पनि सुनिने गरेको ‘सुकिला मुकिला’ को कार्यालय हो सिंहदरवार !

यदि बिहान १० सै बजे सिंहदरवारको गेटमा उभिनु भयो भने चिल्ला गाडीमा ‘सुकिलाहरू’को ताँती नै भेटिन्छ ।

छुँदा पनि दाग लाग्ला कि जस्ता सवारी अनि चिटिक्क परेका पोसाक हेर्दा उनीहरू बस्ने कार्यालयको वातावरण कस्तो होला भनेर सोच्नु स्वाभाविकै हो ।

तर यदि यत्ति सोचेर गेटैबाट फर्किनु भयो भने तपाईँ भ्रममा रहनु हुन्छ । सुकिला पोसाकमा चिल्ला सवारी चढ्दै सिंहदरवार पसेकाहरूको कार्यालय परिसर अनि त्यहाँ भित्रका खाजा घर हेर्नुभयो भने मात्रै उनीहरूको वास्तविकता थाहा हुनेछ ।

सिंहदरवारभित्र सञ्चालित ९८ प्रशित क्यान्टिनहरू झुरमटास छन् । न खाने बस्ने ठाउँ सफा छ न त पकाउने नै । बाहिरी आवरणको त के कुरा गर्नु र, सुकुम्वासी बस्तीका झुपडवस्ती बरु सद्ये होलान् ।

आउनुहोस् आजको श्रृंखलामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको यो खाजाघरमा जाऔँ ।

Tags :
प्रतिक्रिया दिनुहोस