रामपुरमा अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता शुरु हुँदै « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

रामपुरमा अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता शुरु हुँदै


प्रशासन संवाददाता

२ माघ २०७५, बुधबार


बेझाड ।  पाल्पाको रामपुरमा पहिलो पटक अन्तर्राष्ट्रियस्तरको खुला पुरुष भलिबल प्रतियोगिता आजबाट हुने भएको छ । नेपाल र भारतको सम्बन्धलाई प्रगाढ बनाउन पहिलो पटक यहाँ अन्तर्राष्ट्रियस्तरको इण्डो–नेपाल आमन्त्रित पुरुष भलिबल प्रतियोगिता गर्न लागिएको हो ।

दोस्रो रामपुर महोत्सव तथा व्यापार मेलाका अवसरमा आजदेखि खेलकूद उपसमितिको आयोजनामा हुने प्रतियोगितामा भारतका चार समूह, प्रदेश नं १ को एक समूह, गुल्मी लगायतका दश समूहको सहभागिता रहने संयोजक शङ्कर खाँणले बताए ।

प्रतियोगितामा प्रथम पुरस्कार नगद रु एक लाख ५० हजार, द्वितीय पुरस्कार नगद रु एक लाख र तृत्तीय पुरस्कार नगद रु ५० हजार रहेको छ । प्रतियोगिता सञ्चालनका लागि करीब रु १२ लाख बराबरको रकम लाग्ने अनुमान आयोजकको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस