गोजुरियो कराते टोली बंगलादेश प्रस्थान « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

गोजुरियो कराते टोली बंगलादेश प्रस्थान


प्रशासन संवाददाता

२ माघ २०७५, बुधबार


काठमाडौं । आमन्त्रण अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन १२ खेलाडीसहित १५ सदस्यीय नेपाली गोजुरियो कराते टोली आज बंगलादेश प्रस्थान गरेको छ ।

बङ्गलादेश जाने खेलाडीमा रामकुमार गिरी, सुजनकुमार गिरी, सन्देशकुमार थारू, करिना पुरी, अप्सरा लम्साल, शारदा सुनार, आशिष कार्की, रुपेश श्रेष्ठ, कृतन महर्जन, बरुण तामाङ, रेश्मा तामाङ र रमेश घलान छन् । टोली नेतामा नेपाल गोजुरियो कराते डो संघका महासचिव बलराम मित्र तथा निर्णायकमा सानुबाबु गिरी र रामकुमार श्रेष्ठ रहेका छन् । प्रतियोगिता यही माघ ३ र ४ गते हुनेछ ।

टोलीलाई नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष पुरेन्द्रविक्रम लाखेले मङ्गलबार एक कार्यक्रमबीच बिदाइ गरेका थिए । मलेसियामा आगामी सेप्टेम्बर १७ देखि २२ तारिखसम्म हुने पाँचौँ विश्व गोजुरियो कराते प्रतियोगितालाई मध्यनजर गरी टोलीलाई प्रतियोगितामा सहभागी गराइएको महासचिव मित्रले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस