सिंहदरवारमा पंखालाई पर्दाको न्यानो ! « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सिंहदरवारमा पंखालाई पर्दाको न्यानो !


प्रशासन विशेष ब्युरो

२ माघ २०७५, बुधबार


सिंहदरवारमा पंखालाई पर्दाको न्यानो !

काठमाडौँ । सिंहदरवार मुलुकको प्रमुख प्रशासनिक केन्द्र हो । इतिहासदेखि वर्तमानसम्म पनि यसको प्रतिष्ठा कहिल्यै घटेको छैन । र, यति बेला त झन् सङ्घीय प्रशासनिक केन्द्र बनेको छ सिंहदरवार ।

प्रत्येक दिन जसो कुनै न कुनै मुलुकका कोही न कोही विदेशी पाहुनाहरूको आगमन रहने सिंहदरवारको बाहिरी आवरण मात्रै होइन, भित्री कथा पनि उस्तै लाजमर्दो छ ।

गत शनिवार सिंहदरवार परिसर भित्र वृहत् सरसफाइ अभियान चलिरहँदा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको उपस्थिति शून्य रह्यो । लाग्यो, पक्कै पनि मन्त्रालय सफा, सुग्घर भएर नै सरसफाइमा उपस्थित हुन जरुरी ठानेन । तर यथार्थ ठिक फरक थियो ।

बाहिरी प्राङ्गण मात्रै होइन, भित्री रूपसमेत यति कुरूप थियो कि सायदै यस्तो पनि हुन्छ ? भनेर जिब्रो टोक्नु पर्ने अवस्था देखियो ।

सम्बन्धित समाचार : ‘स्मार्ट’ मन्त्री-सचिवकै कार्यालय यस्तो कुरूप ! फोटो फिचर

नेपालीमा एउटा भनाई छ, ‘गुन तिर्ने’ । हो सिंहदरवारस्थित एउटा मन्त्रालयले गर्मिमा सितल हावा दिने पंखालाई जाडोमा पर्दा ओढाएर त्यही गुन तिरेको छ । सामान्यतया उज्यालो तथा धुलो छेक्न झ्याल तथा ढोकाका पर्दा लगाइन्छ अझ शोभाको लागि पनि पर्दा लगाउने गरिन्छ तर उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पंखा छोप्न प्रयोग गरेको देखियो ।

हेर्नुहोस् तस्बिर

त्यसो त अन्य झ्यालहरुमासमेत पर्दाकै हरिबिगोज देखियो

 

Tags :
प्रतिक्रिया दिनुहोस