३ अर्बको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

३ अर्बको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक


३० पुस २०७५, सोमबार


बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले रु तीन अर्ब बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

कूल ९१ दिनका लागि उक्त बिल बिक्री गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ । बैंकले मङ्गलबार उक्त बिल जारी गर्नेछ । बैंकले यसअघि पुस २३ गते रु तीन अर्ब २५ करोड बराबरको २८ दिने र रु एक अर्ब बराबरको ९१ दिने ट्रेजरी बिल बिक्री गरेको थियो ।

सरकारलाई आवश्यकपर्ने अल्पकालीन खर्च जुटाउन यस्तो बिल बिक्री गर्ने गरिन्छ । राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई खरीद प्रक्रियामा सहभागी हुन आग्रह गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस