सहुलियत कर्जाका लागि थेगी नसक्नु भिड (फोटो फिचर) « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सहुलियत कर्जाका लागि थेगी नसक्नु भिड (फोटो फिचर)


३० पुस २०७५, सोमबार


काठमाडौँ । सहुलियत कर्जाका लागि आवेदन बुझाउने आज अन्तिम दिन वैदेशिक रोजगार प्रवर्द्धन बोर्डमा फारम बुझाउनेको भीड निकै बढेको छ ।

सरल कर्जाका लागि आवेदन म्याद पुस मसान्त(आज) सम्म भएकोले ऋण लिएर उद्यमी बन्न चाहने युवाको भीड बोर्डमा देखिएको हो।

सरकारले युवालाई स्वरोजगार बनाउने उद्देश्यले ‘सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५’ अनुशार बैंकले व्यावसायिक कृषि तथा पशुपक्षी कर्जाका लागि ५ करोड, शिक्षित युवा स्वरोजगार कर्जा प्रतिव्यक्ति ७ लाख, विदेशबाट फर्किएका युवा परियोजना कर्जा १० लाख, महिला उद्यमी १५ लाख, दलित समुदाय व्यवसाय कर्जा १० लाख, उच्च र प्राविधिक तथा व्यवसायी शिक्षा कर्जा ५ लाख र भूकम्पपीडितको निजी आवास निर्माण कर्जाका लागि ३ लाख रुपैयाँ सहुलियत ऋण उपलब्ध गराउनुपर्ने व्यवस्था रहेको छ ।

वैदेशिक रोजगारबाट फर्किएका कुनै निश्चित सीप भएका कामदारलाई सरकारले उपलब्ध गराउने सरल कर्जामा पुरुष कामदारको उपस्थिति उल्लेख्य रहेको भएपनि महिलाको संख्या भने न्यून देखिएको छ ।

नेपाल सरकारको सिफारिसमा ‘क’ वर्गका वाणिज्य बैङ्कहरूले ५ वर्षका लागि न्यूनतम ब्याजदरमा प्रदान गर्न लागिएको ऋणका लागि बोर्डले निवेदन आव्हान गरेको थियो । पुस मसान्तसम्म प्राप्त निवेदनहरू प्रारम्भिक जाँच गरी न्यूनतम मापदण्ड पुरा गरेका निवेदनहरू सङ्कलन गरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पेस गर्ने छ ।

हेर्नुहोस् :

 

 

Tags :
प्रतिक्रिया दिनुहोस