सिंहदरवारको रात्रिकालीन रौनक(फोटो फिचर) « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सिंहदरवारको रात्रिकालीन रौनक(फोटो फिचर)


प्रशासन विशेष ब्युरो

२९ पुस २०७५, आइतबार


सिंहदरवारको रात्रिकालीन रौनक

काठमाडौँ । सिंहदरवारको रात्रिकालीन रौनकता बढेको  छ ।

केही दिन अघिसम्म चकमन्न अँध्यारो हुने सिँहरवारमा बत्तीहरू जडान गरिएसँगै झलमल्ल उज्यालो छाएको छ ।

सिंहदरवार व्यवस्थापन गर्न गठित ‘सिंहदरवार परिसर अनुगमन समिति’ले अघि सारेका विभिन्न २६ वटा सुधारका योजनाहरू अन्तर्गत उद्यानहरूमा बत्ती जडान गर्ने काम सम्पन्न भइसकेको छ भने सडक बत्तीहरू जडान कार्य तिव्ररुपमा अघि बढाइएको छ ।

सिंहदरवार परिसरलाई सुन्दर र अनुकरणीय बनाउने कार्यलाई तीव्रता दिइएको प्रधानमन्त्री कार्यालयका प्रवक्त्ता तथा सिंहदरवार परिसर अनुगमन समितिका संयोजक विनोद बहादुर कुँवरले बताए ।

मुलुकको प्रमुख प्रशासनिक केन्द्र हरेक दृष्ट्रिकोणबाट व्यवस्थित हुनुपर्ने उनको भनाई छ ।

हेर्नुहोस् सिंहदरवारमा निर्मित बाटिकामा जडित बत्तीहरू

 

Tags :
प्रतिक्रिया दिनुहोस