संघीय निजामती सेवा ऐन आज लोक सेवा पठाइँदै « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

संघीय निजामती सेवा ऐन आज लोक सेवा पठाइँदै


प्रशासन विशेष ब्युरो

२९ पुस २०७५, आइतबार


सह सचिव

काठमाडौँ । कर्मचारी वृत्तमा सर्वाधिक चासो र चर्चाको विषय बनिरहेको संघीय निजामती सेवा ऐन आज लोक सेवा पठाउने तयारी भइरहेको छ ।

सरोकारवाला मन्त्रालयका सचिवहरूबिच हिजो शनिवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अबेरसम्म चलेको दफावार छलफलसँगै बाँकी रहेका विषयहरूलाई आज टुङ्गोमा लगाएर आज बस्ने मन्त्रिपरिषद्को बैठकमा पेस गर्ने र आजै परामर्शका लागि लोक सेवा आयोग पठाउने तयारी रहेको बुझिन आएको छ ।

‘हिजो छलफल हुन नसकेका विषयहरूमा आज टुङ्गो लगाएर आव बस्ने मन्त्रिपरिषदमा पेस गर्ने कुरा छ,’ उच्च स्रोतले प्रशासनलाई भन्यो, ‘सम्भवतः आजै मन्त्रिपरिषद्ले लोक सेवा आयोग पठाउने निर्णय गर्न सक्छ’

‘प्रत्येक दफा दफामा छलफल हुने तथा उल्लिखित प्रावधानका फाइदा र बेफाइदाहरुबारेसमेत एनालाइसिस गरेर अन्तिम रूप दिनुपर्ने भएकोले छलफलका लागि नै समय लागेको उनले बताए ।

शनिवारको छलफलमा कानुन, गृह, अर्थ, सामान्य प्रशासन, स्वास्थ्य, प्रधानमन्त्री कार्यालयलगायत मन्त्रायका सचिवहरूको उपस्थिति रहेको थियो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको उक्त सङ्घीय निजामती सेवाव ऐनमा हिजो भएको छलफलमा स्थानीय तह-प्रदेश-सङ्घको अन्तरसम्बन्ध, खुल्ला तथा अन्तर सेवा, वृत्ति विकासलगायत विषयले अलि बढी महत्त्व पाएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस