बसको ठम्करबाट मोटरसाइकल चालकको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बसको ठम्करबाट मोटरसाइकल चालकको मृत्यु


२९ पुस २०७५, आइतबार


नवलपरासी । पूर्वीनवलपरासीको कावासोती नगरपालिका–३, मा बसको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रौतहट गोमारियाका ३५ वर्षीय डमेन्द्र यादव छन् ।

डण्डाबाट नारायणगढतर्फ जाँदै गरेको ना ४ ख ७९२८ नम्बरको बसले न्ँ ४९ प २२०७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका यादवको उपचारको क्रममा कालीगण्डकी अस्पताल कावासोतीमा निधन भएको प्रहरीले जनाएको छ ।

बस र बस चालकलाई जिल्ला प्रहरी कार्यालय, नवलपरासी बर्दघाट सुस्ता पूर्वले नियन्त्रणमा लिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस