तस्कर र प्रहरीबीच गोली हानाहान, तस्करको मृत्यु, एक प्रहरी जवान घाइते « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

तस्कर र प्रहरीबीच गोली हानाहान, तस्करको मृत्यु, एक प्रहरी जवान घाइते


२९ पुस २०७५, आइतबार


भैरहवा । रुपन्देहीमा तस्कर र प्रहरीबीच गोली हानाहान हुँदा तस्करको मृत्यु भएको छ । सिद्धार्थनगर नगरपालिका–१०, शंकरपुरमा गस्तीमा खटिएको प्रहरी टोलीमाथि अकस्मात् गोली प्रहार गरेपछि जवाफी कारबाहीमा तस्करको मृत्यु भएको प्रहरीले जनाएको छ ।

भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका करीब ३०३५ वर्ष उमेरका एक तस्करले प्रहरीमाथि गोली चलाएपछि प्रहरीले जवाफी कारबाही गर्नु परेको हो । जवाफी कारबाहीमा घाइते भएका उनलाई अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

तस्कर समुहको गोली लागेर एक प्रहरी जवान कृष्ण श्रेष्ठ घाइते भएका छन् । श्रेष्ठको बायाँ पाखुरामा गोली लागेको छ ।

प्रतिक्रिया दिनुहोस