मुक्तक « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

मुक्तक


२८ पुस २०७५, शनिबार



आकाश कहाँ चाहन्छ र यो विवश लाचार धर्ती हुनलाई ।
सबैले कुल्चने आधार पैतालाको माटोमा भर्ती हुनलाई ।
मान्छे बन्ला भनेर सम्झाउँछु उसलाई, गाली गरिस् भन्छ,
बुझ्दैन सकारात्मक सोच हुनुपर्छ गाली, अर्ती हुनलाई ।


भन्न सकिन कहिल्यै यी खुसीको, सहारा भएँ आज ।
हरे १ आँखामा हरपल टिलपिलाउँने, रारा भएँ आज ।
लगाए आगो खरानी बनाए पापी हातले यो के गरे खै १
जीवनभरका स्वप्निल आकाङ्क्षाको हत्यारा भएँ आज ।


मान्दै मान्दैन मन तर पनि करकाप गर्दैछु म ।
सती पठाएर यी सपनालाई महापाप गर्दैछु म ।
आफ्नै बाबुले घाँटी थिच्दै मृत्युपत्र थमाएपछि,
मुटु पगालेर मसी बनाई सहीछाप गर्दैछु म ।


मध्यरातमा धुमिल छाया घरकै भित्ताले तर्साउँछ ।
सपनामा आँखामा आइरहने त्यो चिताले तर्साउँछ ।
आवाज भएर पनि आवाज विहीन छ गला अचेल,
बोल्न खोज्छ सरकार, आचारसंहिताले तर्साउँछ ।


अग्नि अग्नि नै हो जल जल नै हो भन्छन् ।
जिन्दगी रमाउने ठाउँ समतल नै हो भन्छन् ।
थाङ्नामा हुर्किएर डल्लपमा निदाइरहेकाहरू,
झुपडी झुपडी नै हो महल महल नै हो भन्छन्

Tags :
प्रतिक्रिया दिनुहोस