के समायोजन हो यो ? « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

के समायोजन हो यो ?


२८ पुस २०७५, शनिबार


के समायोजन हो यो ?

विक्षिप्त मन बनाएर पठाउने के समायोजन हो यो ?
करकापले घोक्र्याउँदै खटाउने के समायोजन हो यो ?

अन्य राष्ट्र कर्मचारीलाई प्रोत्साहन उत्प्रेरणा दिन्छ
हाम्रो भने भएको नि कटाउने के समायोजन हो यो ?

हामी तपाइका सारथि हौ शत्रु होइनौ
दुस्मन लाई झैँ धुलो चटाउने के समायोजन हो यो ?

एक ढिक्कासरि बसेका हामी कर्मचारीलाई
सदाका लागि फटाउने के समायोजन हो यो ?

सरकार ! तिमी पाहुना हौ हामी घराना
पाहुनाले घराना लाई ठटाउने के समायोजन हो यो ?

Tags :
प्रतिक्रिया दिनुहोस