माघ ७ गते, २०७५

हत्या आरोपमा दुई कारागार चलान

ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला–४ का प्रतापसिंह सावाँ लिम्बूको हत्या गरेको आरोपमा सोही ठाउँकै १८ वर्षका विनम लिम्बू र अर्का १९ वर्षका रोशन लिम्बूलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

जिल्ला अदालतको आदेशअनुसार उनीहरूलाई कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए । गाईले बाली खाएको विषयमा विवाद हुँदा ३२ वर्षीय प्रतापसिंहको हत्या गरिएको थियो ।

गोलीसहित रिभल्वर फेला

ताप्लेजुङ प्रहरीले तीन राउण्ड गोलीसहित एक थान रिभल्वर फेला पारेको छ । जिल्ला प्रहरी कार्यालयबाट शुक्रबार गस्तीमा खटिएको प्रहरीे टोलीले फुङलिङ नगरपालिका–७ को जङ्गलबाट उक्त रिभल्वरसहित गोली फेला पारेको हो ।

ढुङ्गाको पहरामा च्यापभित्र प्लाष्टिकको झोलाभित्र राखिएको अवस्थामा उक्त हतियार फेला पारिएको तर सो हतियार लुकाउने व्यक्ति फेला नपरेकाले अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए ।

पौष २८ गते, २०७५ - ०७ः५० प्रकाशित

प्रतिकृया लेख्नुहोस्:

gsdfs dfg