प्रिन्सले जिते दोहोरो उपाधी « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

प्रिन्सले जिते दोहोरो उपाधी


प्रशासन संवाददाता

२७ पुस २०७५, शुक्रबार


दुवई अन्तराष्ट्रिय जुनियर ब्याडमिन्टनका बिजेता प्रिन्स दाहालले राष्ट्रपति कप जुनियर अन्तराष्ट्रिय ब्याडमिनटन प्रतियोगितामा दोहोरा जित हात पार्दै उपाधी जितेका छन् । प्रिन्स यु–१९ र यु–१५ दुवै तर्फ बिजयी भएका हुन् ।

उनले फाईलनमा यु–१९ मा उच्च बरिएताका प्रफुल महर्जनलाई २१ । ८ र २१ । १० ले पराजित गर्दै उपाधी उचाले । यस्तै यु–१५ मा उनले म्यानमारका ज लिन थुलाई २१ । १५, १७ । २१, २१ । ९ ले पराजित गर्दै दोहोरो उपाधी उचाले ।

नेपाल ब्याडमिन्टन संघको तत्वाधान तथा मोरङ्ग जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताको महिला यु–१९ मा उच्च बरिएताकी जेशिका गुरुङ्गले रशिला महर्जनमाथी २४ । २२, २१ । १४ ले पाखा लगाउंदै उपाधी जितिन् । यस्तै उनले रशिला संग मिलेर यु–१९ गल्र्स जोडी तर्फ पनि उपाधी हात पारिन् । जेशिका र रशिलाको जोडीले शिमा राजबंशी र निता लम्साललाई २१ । १२, २१ । ३ ले पाखा लगाए ।

सहिद रङ्गशालास्थित कभर्डहलमा भएको प्रतियोगिताको यु – १९ पुरुष युगल तर्फको खेलमा म्यानमारका ज लिन थु र थु रिनको जोडीले प्रफुल महर्जन र रुकेश महर्जनको जोडी माथी १९ । २१, २१ । १८ र २१ । १७ को जित निकाल्दै उपाधी उचाले ।

यु–१५ गल्र्स तर्फको खेलमा उच्च बरिएताकी रशिला महर्जनले स्मृती राईलाई २१ । ७, २१ । ३ ले पराजित गर्दै उपाधी हात पारिन् । बिजयी शिर्ष तीन स्थान हात पार्ने खेलाडीहरुले क्रमशः नगद २० हजार, १० हजार र ५ हजार नगद सहित ट्रफी र प्रमाण पत्र प्राप्त गरेका छन् । बिजयी खेलाडीहरुलाई बिराटनगर नगरपालिकाका मेयर भिम पराजुली लगायतले पुरस्कार बितरण गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस