सेना प्रवक्ता ढकालद्वारा कार्यभार ग्रहण « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सेना प्रवक्ता ढकालद्वारा कार्यभार ग्रहण


२६ पुस २०७५, बिहिबार


काठमाडौँ  । नेपाली सेनाको प्रवक्ता एवं जनसम्पर्क तथा सूचना निर्देशनालयको निर्देशक पद सहायक रथी यामप्रसाद ढकालले सम्हाल्ने भएका छन् ।

यसअघिका प्रवक्ता एवं निर्देशक सहायक रथी गोकुल भण्डारीले आज एक कार्यक्रमका बीच सहायक रथी ढकाललाई कार्यभार हस्तान्तरण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सहायक रथी ढकालको कार्यकालमा नेपाली सेना र आमसञ्चार जगत्बीचको सम्बन्ध अझ थप प्रगाढ एवं सुमधुर हुनुको साथै आमसञ्चार जगत्को सहयोग यथावत रहिरहने विश्वास नेपाली सेनाले लिएको विज्ञप्तिमा जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस