सिंहदरवारको सुन्दरता कायम गराउने अभियान तिव्र गतिमा अघि बढ्दै « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सिंहदरवारको सुन्दरता कायम गराउने अभियान तिव्र गतिमा अघि बढ्दै


२६ पुस २०७५, बिहिबार


सिंहदरवारको सुन्दरता

काठमाडौँ । सिंहदरवारलाई सुन्दर बनाउने अभियान जारी छ । मुलुकको मुख्य प्रशासनिक केन्द्रबिन्दु सिँदरवारलाई व्यवस्थित बनाई नमुनायोग्य बनाउन थालेका प्रयासहरू सार्थक हुँदै छन् ।

देशको प्रमुख प्रशासनिक निकाय हरेक हिसाबले नमुनायोग्य हुनुपर्ने भए पनि चारैतिर अस्तव्यस्त, फोहोर तथा कार्यालय वरिपरि थुपारिएका थोत्रा सवारीले कुनै कवाडीखानामा पुगेजस्तै लाग्ने अवस्थाबाट बिस्तारै मुक्त हुँदैछ । सिंहदरवारका कुनाकाप्चासम्मै पुगेर फोहोर उठाईदैछ र ती ठाउँहरूलाई बगैँचा बनाई फलफुलका बोटहरू रोपिँदै छ ।

सम्बन्धित समाचार : सिंहदरवारको स्वरूप फेरिँदै

सिंहदरवार परिसर व्यवस्थापन सम्बन्धमा मुख्य सचिव लोकदर्शन रेग्मीको अध्यक्षतामा भदौ ३१ बसेको बैठकले गरेका विभिन्न २६ बुँदे निर्णयसँगै सिंहदरवार सफाई योजनाले तिव्रता पाएको हो ।

बैठकले गरेको निर्णयको बुँदा नं. २३ मा सिंहदरवार परिसरको सहरी विकास मन्त्रालयमार्फत अनुगमन गर्ने व्यवस्था मिलाउने र सोको लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रशासन महाशाखा हेर्ने सहसचिवको संयोजकत्वमा सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका प्रमुख, उक्त कार्यालयका सिडिई, सहरी विकास मन्त्रालयका उपसचिव(प्रशासन), सहरी विकास तथा भवन निर्माण विभागका सिडिई सदस्य र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रशासन शाखाका उपसचिव सदस्य–सचिव रहेको ‘सिंहदरवार परिसर अनुगमन समिति’ गठन गर्ने निर्णय गरेको थियो ।

उक्त समितिले कार्तिकदेखि प्रत्येक महिनाको पहिलो शुक्रवार सिंहदरवार परिसरको अनुगमन गर्दै आएको छ ।

देशको कार्यकारी प्रधानमन्त्रीदेखि मुख्यसचिवसम्मको कार्यालय यही परिसरमा रहँदै आएको भए पनि सिंहदरवारभित्रको फोहोर मैला व्यवस्थापन तथा हरियाली प्रवर्द्धनमा कसैको चासो पुगेको थिएन ।

सम्बन्धित समाचार : कहिले सम्म हटाइएलान् सिंहदरवारभित्रैका भग्नावशेष

सिंहदरवारप्रतिको आम मानिसको चाहना र सोचसहित जथाभाबी फालिएका फोहोर तथा काठ र भूकम्पले भत्किएको संरचनाले यहाँको सौदर्यता बिगारेको बारे प्रशासन डटकमले निरन्तर समाचार लेखेको थियो ।

सम्बन्धित समाचार : कुरूप बन्दै सिंहदरवार

यससँगै तत्कालीन सिंहदरवार सचिवालय पुनर्निर्माण सचिवालय समितिले फोहोर व्यवस्थापनमा चासो देखाएको थियो ।

सम्बन्धित समाचार : सिंहदरवारको फोहोर व्यवस्थापनमा चासो

सिंहदरवारभित्रको वास्तविकतामा निरन्तर फलोअपपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सिंहदरवारलाई सुन्दर बनाउन सहरी विकास मन्त्रालयलाई निर्देशन दिएको थियो ।

सम्बन्धित समाचार : सिंहदरवारको स्वरूप फेरिँदै

यससँगै प्रधानमन्त्री कार्यालयका सहसचिव तथा प्रवक्त्ता विनोदबहादुर कुँवरको संयोजकत्वमा गठित सिंहदरवार परिसर अनुगमन समितिले भत्केका संरचना र फोहोरका थुप्रो उठाउने तथा बगैँचा व्यवस्थापनबाट कार्य थालनी गरेको थियो ।

सम्बन्धित समाचार : सिंहदरवारमा उमेर अनुसार छुट्टाछुट्टै उद्यान

सिंहदरवारलाई स्वच्छ, सफा र हरियालीयुक्त बनाउने योजनाअनुसार प्रत्येक मन्त्रालयलाई जिम्मेवार बनाइ पनि स्वस्फूर्तरुपमा अग्रसर नभएको देखिएपछि पुनः समितिका संयोजक कुँवर आफै अग्रसर भएर उनको संयोजकत्वमा गठित टिमलाई सक्रिय बनाई हरेक दिन बिहान ७ बजेदेखि नै सरसफाइमा जुट्न सुरु भएको छ ।

सम्बन्धित समाचार : सिंहदरवारलाई सुन्दर बनाउने अभियान जारी

प्रत्येक दिन दुई वटा मन्त्रालय परिसरमा भएको फोहोर उठाई पानीको फोहोराबाट सफा गर्ने काम जारी रहँदा बुधवार अबेर मुख्य सचिवको संयोजकत्वमा सिँहदरवार परिसरको सरसफाइ व्यवस्थापन, सवारी साधन व्यवस्थापन, सौदर्यीकरण तथा हरियाली व्यवस्थापनलगायत त्यो सम्बन्धित सरोकारवाला मन्त्रालयका सचिवहरूको बैठकले थप ११ वटा निर्णय गरेको छ ।

जसमा पहिलो बैठकले गरेका २६ वटा निर्णयहरूमा नै केन्द्रित हुँदै जिम्मेवार निकाय तथा पदाधिकारी, सहयोगी निकाय, अनुगमन गर्ने निकाय र पदाधिकारी र समय सीमासहित तोकेको छ ।

बैठकमा समितिको अभियानलाई निरन्तरता दिने सम्बन्धमा आ-आफ्नो तर्फबाट सहयोग गर्ने सचिवले प्रतिबद्धता व्यक्त गरेका छन् भने मुख्यसचिवले अभियानलाई निरन्तरता दिन पूर्ण सहयोग रहने बताएका छन् ।

हेर्नुहोस निर्णय

काठमाडौंको मध्य भागमा अवस्थित सिंहदरवार परिसरभित्र हालको प्राकृतिक सुन्दरतालाई कायम राख्दै मानवीय लापरवाहीका कारण बन्न पुगेको कुरुपतालाई हटाउने हो भने साच्चिकै सिंहदरवार निकै सुन्दर र मनमोहक हुन धेरै समय लाग्नेछैन ।

सम्बन्धित समाचार : आहा सिंहदरवार !

अभियान शुरुवात गर्ने तर केही समयपछि सेलायर जाने अनि जस्ताको त्यस्तै रहने आम नेपाली प्रचलन सिंहदरवारको हकमा पुनरावृत्ति हुने छैन । सिंहदरवारलाई स्वस्छ, सफा र हराभरायुक्त वातावरण कायम गर्न सरोकारवाला सबै जिम्मेवार भएर लाग्नेछन् । र, सिंहदरवारभित्र पुग्ने जो कोहीले भन्नेछन् कि आहा सिंहदरवार !

Tags :
प्रतिक्रिया दिनुहोस