नेम्वाङको निधनमा कांग्रेसद्वारा दुःख व्यक्त « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेम्वाङको निधनमा कांग्रेसद्वारा दुःख व्यक्त


२५ पुस २०७५, बुधबार


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले जिल्ला विकास समिति पाँचथरका पूर्वसभापति हरीशचन्द्र नेम्वाङकी धर्मपत्नी हंसरानी नेम्वाङको निधनमा दुःख व्यक्त गरेको छ ।

काङ्ग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले मङ्गलबार विज्ञप्ति जारी गरी ९२ वर्षीय नेम्वाङको निधन भएकामा दुःख व्यक्त गरेका हुन् । नेम्वाङको निधनप्रति काङ्ग्रेसले गहिरो दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।

काङ्ग्रेसका सक्रिय सदस्यसमेत रहेका स्व नेम्वाङले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । स्वर्गीय नेम्वाङका तीन छोरा र दुई छोरी छन् ।

प्रतिक्रिया दिनुहोस