आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्र पौडेल नियुक्त « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्र पौडेल नियुक्त


२४ पुस २०७५, मंगलबार


काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्र पौडेल नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई  कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।

निगमका लागि खुला प्रतिष्पर्धामा १२ जनाको आवेदन परेको थियो जस मध्ये बणिज्य तथा आपूर्ति मन्त्रालये ५ जनाको नाम सर्टलिस्टमा राखेको थियो । ५ मध्ये तीन जनाको नाम आपूर्ति मन्त्रालयले मन्त्रिपरिषदमा सिफारिस गरेको थियो । मन्त्रिपरिषदमा अनिलकुमार झा, तारानाथ पौडेल र सुरन्द्र पौडेलको नाम सिफारिस भएकोमा परिषदले पौडेललाई कार्यकारी निर्देशकको लागि छनोट गरेको हो ।

पौडेल उदयपुर सिमेन्टका महाप्रबन्धक हुन् । उनले सोमबार मात्रै उद्योगको महाप्रबन्धकबाट राजीनामा दिएका हुन् ।

तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्का भ्रष्टाचार आरोपमा मुछिएपछि सुशील भट्टराईले निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस