संविधान र कानुन अनुसार कर्मचारी समायोजन गरिने : मन्त्री पण्डित « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

संविधान र कानुन अनुसार कर्मचारी समायोजन गरिने : मन्त्री पण्डित


२३ पुस २०७५, सोमबार


काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संविधान र कानुन अनुसार कर्मचारी समायोजन गरिने बताएका छन् ।

राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै मन्त्री पण्डितले समायोजन विशिष्ट परिस्थितिमा एक पटक हुने बताउँदै संविधान र कानुन अनुसार कर्मचारी समायोजन गरिने बताएका हुन् । उनले समायोजन एकपटक हुने भन्दै कर्मचारी सरुवा अन्तर प्रदेश, अन्तर स्थानीय तहमा हुनसक्ने तथा स्थानीय तहबाट प्रदेशमा र प्रदेशबाट केन्द्रमा सरुवा नहुने बताएका छन् ।

यस्तै उनले कर्मचारी समायोजन अध्यादेशमा प्रश्न उठाउन उपयुक्त नहुनेसमेत बताए । उनले भने, ‘‘केही अप्ठ्यारो भए समाधानको बाटो अध्यादेशमै छ, समाधान गर्न सकिन्छ, वृत्तिविकासको ढोका बन्द गरिएको छैन’’

यस्तै उनले संघीय नीजामती सेवा ऐन पनि छिट्टै आउने र प्रदेश तथा स्थानीय तहको निजामती ऐनको नमुना कानुन पनि ल्याइने बताए ।

समितिले संघीय निजामती ऐन ल्याउँदा कर्मचारीको वृत्तिविकासलाई बाधा नपुग्ने गरी ल्याउन र कर्मचारीको आधिकारिक ट्रेड युनियनसँग भएको ९ बुँदे सहमति कार्यान्वयन गर्नसमेत निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस