नेपाली साझा समाज जापान द्वारा संगीतकर्मी भट्टराई सम्मानित « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

नेपाली साझा समाज जापान द्वारा संगीतकर्मी भट्टराई सम्मानित


२३ पुस २०७५, सोमबार


झापा । जापानमा रहेर नेपाली संगीत क्षेत्रमा उल्लेख्य योगदाना दिंदै आएका संगीतकार दिपक भट्टराईलाई नेपाली साझा समाज जापानले सम्मान गरेको छ । प्रवासमा रहेका संगीतकार भट्टराई नेपाली संगीतक क्षेत्रमा सक्रिय नाम हो ।

जनवरी ५ तारिखका दिन जापानको गुन्मा केन ओ्ईजुमीमा आयोजित विशेष म्युजिकल कार्यक्रममा उक्त सम्मान गरिएको हो ।

लामो समयदेखि नेपाली संगीत क्षेत्रमा क्रियाशिल भट्टराईलाई माहानायक राजेश हमालको प्रमुख आतिथ्यमा सम्मान गरिएको हो ।

नेपाली साझा समाज जापान र सेभ द चिल्ड्रेन सेभ द नेसन को संयुक्त आयोजनामा आयोजना गरिएको उक्त म्युजिकल च्यारिटी सो कार्यक्रममा महानायक राजेश हमाल, चर्चित आधुनिक गायक हेमन्त शर्मा र चर्चित लोक गायिका प्रिती आलेको विषेश प्रस्तुति रहेको थियो ।

नेपालबाट आएका कलाकारहरुलाई मायाको चिनो हस्तान्तरण सहित जापानमै बसेर गित संगितमा निरन्तर सक्रिय संगीतकार दीपक भट्टराईलाई सम्मान पनि गरिएको थियो । कार्यक्रम नेपाली साझा समाज जापानका अध्यक्ष वुद्धि शेरचनको सभापतित्वमा सम्पन्न भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस