सुनखानीमा दुर्घटना हुँदा ३० जनाको मृत्यु « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सुनखानीमा दुर्घटना हुँदा ३० जनाको मृत्यु


प्रशासन संवाददाता

२२ पुस २०७५, आइतबार


बस दुर्घटना

कुन्दुज । अफगानिस्तानको पूर्वोत्तर प्रान्तमा सुनखानीमा आइतबार भएको दुर्घटनामा कम्तीमा ३० जनाको मृत्यु भएको अफगान अधिकारीहरुले जनाएका छन् ।

बडाखसान प्रान्तको कोहिस्तान जिल्लामा भएको उक्त दुर्घटनामा अरु सात जना गम्भीर घाइते भएका जिल्ला गर्भनर मोहम्मद रुस्तम राघीले बताए ।

स्थानीय गाउँलेहरुले सुन खोजी गर्न नदी किनारामा झण्डै २०० फिट गहिरो खाडल खनेका थिए । मानिसहरु भित्र काम गरिरहेको समयमा दायाँबायाँको पर्खाल एकाएक भत्किएको प्रत्यक्षदर्शीको भनाई उद्धृत गर्दै राघीले बताए ।

खानीको पर्खाल भत्किएको कारण हालसम्म थाहा हुन सकेको छैन । प्रान्तीय गभर्नरका प्रवक्ता निक मोहम्मद नजारीले खानीमा काम गर्नेहरु व्यावसायिक व्यक्तिहरु नभएको बताए ।

स्थानीय गाउँलेहरु खानीको व्यवसायमा दशकौंदेखि संलग्न छन् र तिनीहरुमा सरकारको कुनै नियन्त्रण पनि छैन, नजारीले भने । उनले सरकारले गाउँमा उद्धार टोली पठाएको जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस