प्रतिपक्षलाई प्रधानमन्त्रीले भने : योर च्वाइस इज फस्ट ! « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रतिपक्षलाई प्रधानमन्त्रीले भने : योर च्वाइस इज फस्ट !


प्रशासन विशेष ब्युरो

२२ पुस २०७५, आइतबार


प्रजातन्त्र दिवश

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार समृद्धिको अभियानमा रहेको बताउँदै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसलाई सहभागीताका लागि आग्रह गरेका छन् ।

आइतबार संसदमा बोल्दै प्रधानमन्त्री ओलीले समृद्धिको लागि अघि सारिएको राष्ट्रिय यात्रामा सबैलाई सक्रिय सहभागी हुन आव्हान गर्दै प्रतिपक्ष काँग्रेसले चाहेकै अनुसार सहकार्य गर्न सरकार तयार रहेको बताए ।

‘हाम्रो प्रतिपक्ष कसरी सहभागी हुन चाहन्छ, सरकार सोही अनुरूपको सहकार्य गर्न तयार छ,’ प्रधानमन्त्री ओलीले भने, म भन्न चाहन्छु– ‘योर च्वाइस इज फस्ट !’

प्रधानमन्त्री ओलीको झन्डै एक घण्टा लामो सम्बोधनका क्रममा सरकारले हालसम्म गरेका प्रगति तथा उपलब्धिहरूबारे जानकारी गराउँदै सरकारको १० महिने कार्यकाल सफल भएको दाबी गरेका छन् ।

यस्तो छ प्रधानमन्त्री ओलीले संसद्मा प्रस्तुत गरेको सम्बोधनको पूर्ण पाठ

 

Tags :
प्रतिक्रिया दिनुहोस