सुकुम्वासी समस्या समाधान पहिलो प्राथमिकता : मन्त्री अर्याल « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

सुकुम्वासी समस्या समाधान पहिलो प्राथमिकता : मन्त्री अर्याल


२१ पुस २०७५, शनिबार


मालपोत

बेझाड । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्ममाकुमारी अर्यालले सुकुम्वासी समस्या समाधान गर्नु सरकारको पहिलो प्राथमिकता भएको बताएकी छन् ।

पाल्पाको रामपुरमा ‘रामपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेड’को ११औँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनको उद्घाटन गर्दै मन्त्री अर्यालले लामो समयसम्म निकास पाउन नसकेको अव्यवस्थित सुकुम्वासी समस्याको समाधान चाँडोभन्दा चाँडो गरिने बताइन्। “सुकुम्वासी समस्या समाधान गर्ने सङ्कल्पका साथ सरकार अगाडि बढेको छ,” उनले भनिन् ।

सहकारीको माध्यमबाट मुलुकलाई समृद्ध बनाउन सकिने तथा मुलुकको समृद्धि र जनताको परिवर्तनका लागि सहकारी आवश्यक रहेको मन्त्री अर्यालयको भनाइ थियो । उनले सहकारीबाटै सरकारले दीर्घकालीन लक्ष्य पुरा गर्नुपर्ने बताइन् । “जनतालाई समृद्ध बनाउने किसिमको सहकारी बनाउनुपर्छ,” मन्त्री अर्यालले भनिन्, “समृद्ध नेपाल र सुखी नेपाली अभियानका साथ सरकार अगाडी बढिरहेको छ ।” सरकार अब जनमैत्री सहकारी निर्माणतर्फ लागेको र सहकारीले उत्पादनका क्षेत्र पहिचान गरी उत्पादन वृद्धि गर्नतर्फ लाग्नुपर्नेमा उनले जोड दिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस