जेल सजाय सुनाएका पाकिस्तानका पूर्व प्रधानमन्त्री सरिफलाई कोठा सफा गर्न निर्देशन « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

जेल सजाय सुनाएका पाकिस्तानका पूर्व प्रधानमन्त्री सरिफलाई कोठा सफा गर्न निर्देशन


१९ पुस २०७५, बिहिबार


इश्लामावाद । पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफलाई जेल प्रशासनले आफ्नो कोठा आफै सफा गर्न निर्देशन दिएको छ ।

केही दिन अघि उनलाई भ्रष्टाचारको आरोपमा अदालतले सात वर्षको जेल सजाय सुनाएको थियो । उनलाई स्थानीय कोट लखपट जेलमा राखिएको जनाइएको छ ।

पाकिस्तानको पत्रिका डनका अनुसार सरिफलाई कुनैपनि सहयोगी दिइएको छैन । जेलभित्रका सबै काम उनले गर्नुपर्ने जेलका इन्सपेक्टर जनरल शहिद सलिम बेगले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस