सरकार र आधिकारिक ट्रेड युनियनबीचको वार्ता निश्कर्षविहिन, भोलि पुनः छलफल हुँदै « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सरकार र आधिकारिक ट्रेड युनियनबीचको वार्ता निश्कर्षविहिन, भोलि पुनः छलफल हुँदै


प्रशासन विशेष ब्युरो

१८ पुस २०७५, बुधबार


काठमाडौँ । सरकार र ट्रेड युनियनबीचको वार्ता विना निष्कर्ष स्थगित भएको छ ।

कर्मचारी समायोजनको विषयलाई लिएर सरकार र निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनबीच दुई दिनदेखि भइरहेको छलफल बुधवार पनि बिना निष्कर्ष स्थगित भएको हो ।

सरुवा लगायत विषयमा अझै टुङ्गो नलागेपछि भोलि पुन छलफल हुने निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्य ढकालले प्रशासनलाई बताए ।

‘भोलि मात्रै टुङ्गो लाग्ने भएको छ,’ अध्यक्ष ढकालले भने, ‘सरुवा लगायत विषयमा कसरी मिलाउने भनेर छलफल भइरहेको छ ।’

मन्त्रालय र युनियनका पदाधिकारीहरुबीच बिभिन्न ९ वटा बुँदाहरुमा छलफल केन्द्रित रहेपनि निश्कर्षमा भने पुग्न नसकिएको छलफलमा सहभागी एक उच्च अधिकारीले बताएका छन् ।

संघीय संरचना अनुसार कर्मचारीलाई संघ, प्रदेश र स्थानीय तहमा समायोजन गर्न सरकारले ल्याएको कर्मचारी समायोजन अध्यादेश, २०७५ कर्मचारीको हित विपरीत भएको र मुख्यगरी वृत्ति विकासको बाटो बन्द गरेको भन्दै देशभरका कर्मचारी आन्दोलित भएका थिए ।

अहिले पनि विभिन्न सेवा, समूहका कर्मचारीहरू आन्दोलनमै छन् भने समायोजनलाई सहज बनाउँदै वृत्ति विकास लगायत कर्मचारीका मुख्य मुख्य असन्तुष्टिहरूलाई सम्बोधन गर्न ट्रेड युनियन र सरकारबिच निरन्तर छलफल भइरहेको छ तर अझै निष्कर्षमा पुग्न सकेको छैन ।

यद्यपि सरकारले वृत्ति विकास लगायत विषयलाई ऐनहरूमा समावेश गर्ने प्रतिबद्धता जनाइसकेको छ तर सरकारको उक्त आश्वासनमा कर्मचारी आश्वस्त हुन सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस