सडकमा रात बिताउन बाध्य रहेका असाहय मानिसको उद्धार तथा पुर्नस्थापना अभियान शुरु « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

सडकमा रात बिताउन बाध्य रहेका असाहय मानिसको उद्धार तथा पुर्नस्थापना अभियान शुरु


१८ पुस २०७५, बुधबार


काठमाडौं । सडकमा रात विताउन बाध्य रहेका असहाय नागरिकहरुको महानगरिय प्रहरी परिसरले उद्धार तथा पुर्नस्थापना गर्न शुरु गरेको छ ।

चिसो बढेसँगै सडकमा रात विताउन बाध्य भएका असाहय बृद्ध, बृद्धा तथा बालवालिकाहरुको जीवन जोखिममा रहेको साथै उनीहरुको मृत्यु समेत हुने गरेकाले यस्ता मनिसहरुलाई मानवयिताको आधारमा पुर्नस्थापित गर्नु आवश्यक महसुस गरी पुनस्र्थापना अभियान शुरु गरेको प्रवक्ता होविन्द्र बोगटीले जनाएका छन् ।

सडकमा के कति कारणले आए, उनीहरुको परिवार कहाँ छन् भन्ने कुरा समेत पत्ता लगाउन जरुरी देखिएकाले महानगरीय प्रहरी परिसरवाट मंगलबाररातीदेखि अभियान शुरु गरिएको छ ।

कालिमाटी, स्वयम्भु, सितापाईला क्षेत्रबाट ७ जना पुरुष मानिसहरुको उद्दार गरी हिमालय वृद्धाश्रम, गोंगबुमा राखिएको प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक वोगटीले जनाएका छन् । उक्त वृद्धाश्रममा राखिनेमा ४० वर्षीय भिमसेन वास्कोटा , ५० वर्षीय रवि थापा, ५५ वर्षीय दिपेश राई, ५४ वर्षीय नवराज ठकुरी,४० वर्षीय राम काजी, ५० वर्षीय लक्षमण ढकाल र ६५ वर्षीय ज्ञानेन्द्र सिंह छन् ।

उनीहरुको परिवार तथा आफन्तको खोजि कार्य भईरहेको छ । आवश्यक उपचार ,परामर्श समेत गरी पुनः समाज तथा परिवारमा पुर्नस्थापना गर्ने कार्यमा प्रहरीले बिभिन्न संघ–संस्थासँग समंन्वय गरिरहेको छ ।

काठमाडौंको सडकलाई व्यवस्थित, सुरक्षित बनाउने र सडकमा जीवन यापन गर्न बाध्य मानिसहरूको जीवनमा परिवर्तन ल्याउने जस्ता मानवीय कार्य विभिन्न संघ–सस्था, सरकारी निकायसँग समन्वय गरी निरन्तरता दिने कार्य जारी राखिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस