इन्डोनेसियामा पहिरोमा परी ४१ जना बेपत्ता « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

इन्डोनेसियामा पहिरोमा परी ४१ जना बेपत्ता


प्रशासन संवाददाता

१७ पुस २०७५, मंगलबार


जकार्ता । इन्डोनेसियाको जाभा प्रान्तको पश्चिमी भेगमा पर्ने सुका बुमी जिल्लामा आएको बाढी पहिरोमा परी ४१ जना बेपत्ता भएका छन् ।

सिनारेस्मी गाउँका ३४ वटा घर पूर्ण रुपमा पुरिएको प्रकोप व्यवस्थापन निकायका अधिकारीहरुले मंगलबार बताएका छन् ।

उद्धारकर्ताहरुले बेपत्ता भएकाहरुको खोजी कार्य जारी राखेको समाचारमा जनाइएको छ । ‘बाढी र पहिरो गएको क्षेत्रमा उद्धारकर्ताहरुले लगातार खोजी गरिरहेका छन्,’एक अधिकारीले भने ।

उद्धारका क्रममा पहिरो हटाउने र पुरिएकाहरुलाई खोज्ने कार्य भइरहेको उनीहरुको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस