काठमाडौं । रुसको माग्नितागास्र्क शहरको एक भवनमा विष्फोट हुँदा चार जनाको मृत्यु भएको छ भने ४० जना सम्पर्कविहिन भएका छन् ।
नयाँ वर्ष मनाइरहेका बेला ४८ तले भवनमा विष्फोट भएको हो । भवनका दुईतला पूर्ण क्षतिग्रस्त भएका छन् । भवनमा १२० जना बस्दै आएको बताइएको छ ।
विष्फोटको कारण ग्यास हुनसक्ने अधिकारीहरुले बताएकका छन् ।
एजेन्सीका अनुसार ५० जनाको उद्धार गरिएको मा घाइतेहरुलाई उपचारकालागि अस्पताल पठाइएको छ ।
उद्धारमा ढिाइ भए मावीय क्षतिबढ्नसक्ने अनुमान गरिएको छ । चिसोका कारण उद्धरमा ढिलाइ हुनसक्ने बताइएको छ ।
रुसी राष्ट्रपति भ्लादमिर पुटिने घटनास्थलको निरीक्षण गरेर उद्धार र राहत कार्यमा हरप्रकारे सहयोग गर्ने वाचा गरेका छन् । एजेन्सी