आँखाका बिरामीको सङ्ख्या बढ्दो « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

आँखाका बिरामीको सङ्ख्या बढ्दो


१५ पुस २०७५, आइतबार


बैतडी । पछिल्लो समय बैतडीमा आँखाका बिरामीको सङ्ख्या बढ्दै गएको छ । सदरमुकामस्थित गोठलापानी र पाटनमा रहेको आँखा उपचार केन्द्रको तथ्याङ्कअनुसार पछिल्लो समय जिल्लामा आँखाका बिरामीको सङ्ख्या बढ्दै गएको पाइएको हो ।

आर्थिक वर्र्ष २०७३/७४ मा एक हजार ७१७ आँखाका बिरामीले आँखा उपचार केन्द्र पाटनमा उपचार गराएका छन् भने गोठलापानी आँखा उपचार केन्द्रमा दुई हजार २८ जनाले आँखाका विभिन्न रोगको उपचार गराएका छन् । पाटनमा उपचार गराउनेमा ९५२ महिला छन् भने ७६५ पुरुष रहेका आँखा उपचार केन्द्र पाटनकी नेत्र सहायक लता कार्कीले बताए।

यता गोठलापानीमा उपचार गराउनेमा एक हजार २३४ पुरुष छन् भने ७९४ महिला रहेका गोठलापानीका नेत्र सहायक विनोद कुवँरले जानकारी दिए । आर्थिक वर्ष २०७४÷७५ मा पाटनबाट दुई हजार ४२८ जना आँखाका बिरामीले सेवा लिएका छन् भने गोठलापानी आँखा उपचार केन्द्रबाट दुई हजार ९३४ जनाले आँखाको उपचार गराएका छन् ।

यसमा पाटनमा उपचार गराउने एक हजार ३०४ महिला रहेका छन् भने एक हजार १२४ पुरुष रहेका छन् । भने गोठलापानीमा उपचार गराउनेमा एक हहजार ६८७ पुरुष छन् भने एक हजार २४४ महिला रहेका छन् ।

चालु आर्थिक वर्षको हालसम्म पाटन आँखा उपचार केन्द्रमा ८८१ जनाले उपचार गराएका छन् । गोठलापानी आँखा उपचार केन्द्रमा चालु आर्थिक वर्ष २०७५/७६ को हालसम्म एक हजार २२ जना आखाँका बिरामीले सेवा लिएका छन् ।

पछिल्लो समय दिनप्रतिदिन बढिरहेको प्रदूषण, धूलो धुवाँको कारणले आँखाका बिरामीको सङ्ख्या बढिरहेको स्वास्थ्यकर्मी बताएका छन् । गा्रमीण भेगका महिला धुवाँमा धेरै समय बिताउनुपर्ने भएकाले पनि महिलामा आँखाको समस्या धेरै हुने गरेको आँखा उपचार केन्द्र पाटनकी नेत्र सहायक लता कार्कीको भनाइ छ ।

आँखाको समस्याबाट बच्न गर्न धुवाँ, धुलोबाट बच्ने, आँखाको सरसफाइ गरिरहनुपर्ने, मोबाइल, टिभी, कम्प्युटर कम प्रयोग गर्न सुझाव रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस