विश्वकै पहिलो स्मार्टफोन नोकियाको नयाँ सेट ‘नाइन प्योर भ्यू’ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

विश्वकै पहिलो स्मार्टफोन नोकियाको नयाँ सेट ‘नाइन प्योर भ्यू’


१५ पुस २०७५, आइतबार


आउँदैछ ६ वटा क्यामरा भएको नोकियाको विश्वकै पहिलो स्मार्टफोन

काठमाडौं । छ वटा क्यामेरा भएको विश्वकै पहिलो स्मार्टफानको जनवरीमा लञ्च गरिने भएको छ । नोकिया ब्राण्डको स्वामित्व लिएको कम्पनी एचएमडी ग्लोबलले नोकिया नाइन प्योर भ्यू नामक स्मार्टफोन ल्याउने योजना बनाएको छ ।

नोकियाको यो फ्लागसीप स्मार्टफोन जनवरीको अन्तिम हप्ता सार्वजनिक गरिने भएको हो ।

नोकिया नाइन प्योर भ्यूको मुख्य विशेषता भनेको यसमा ५ वटा रियर क्यामरा हुनेछन् । फोनको ब्याकसाइडमा रहने ती ५ क्यामरामध्ये दुईवटा १२–१२ मेगापिक्सेलका हुनेछन् । त्यस्तै अरु दुईवटा १६–१६ मेगापिक्सेलका हुनेछन् भने पाँचौँ क्यामरा ८ मेगापिक्सेलको हुनेछ । क्यामरा सेटअपमा एलइडी फ्लास तथा आइआर सेन्सर वा लेजर अटोफोकस हुनसक्ने बताइएको छ ।

त्यस्तै यो स्मार्टफोनमा सेल्फी क्यामेरा १२ मेगापिक्सेलको हुनेछ । स्मार्टफोनको डिस्प्ले ६ इन्चको हुनेछ भने ८ जिबीको र्‍याम र २५६ जिबी स्टोरेज रहनेछ ।

नोकियाको यो स्मार्टफोनमा क्वालकोम स्नापड्रागन ८४५ प्रोसेसर हुने बताइएको छ । तथापि प्रयोगकर्तालाई सरप्राइज दिनेगरी नोकियाले एचएमडी ग्लोबलको नेक्स्ट जेनेरेसन स्नापड्रागन ८५५ एसओसी प्रोसेसरको प्रयोग पनि हुनसक्ने बताइएको छ ।

समाचार अनुसार, यो स्मार्टफोनको मूल्य चीनमा ४ हजार ७९९ युआन हुनेछ । जसको नेपाली मूल्य झण्डै ८० हजार हुनेछ । एजेन्सी

Tags :
प्रतिक्रिया दिनुहोस