फिलिपिन्समा ६.९ रेक्टरको भूकम्प, सुनामीको खतरा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

फिलिपिन्समा ६.९ रेक्टरको भूकम्प, सुनामीको खतरा


१४ पुस २०७५, शनिबार


काठमाडौं । फिलिपिन्समा ६.९ रेक्टर स्केलको भूकम्प गएको छ ।

स्थानीय समयअनुसार, शनिबार बिहान ११ः३९ बजे भूकम्प गएको हो । भूकम्पपछि सुनामीको खतरा रहेको भन्दै सतर्क रहन चेतावनी दिइएको छ ।

दक्षिणी फिलिपिन्सको पोन्डागुइटननजिकै केन्द्रबिन्दु भएर ६.९ को भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (यूएसजीएस) ले बताएको छ ।

भूकम्पको धक्का मिन्डाओ, डाभाओलगायतमा क्षेत्रमा महसुस भएको बताइए पनि मानवीय तथा भौतिक क्षतिबारेको विवरण आइनसकेको जनाएको छ ।

सन् २०१७ को जुलाईमा पनि यहाँ ६.९ रेक्टर स्केलको भूकम्प गएको थियो । एजेन्सी

Tags :
प्रतिक्रिया दिनुहोस