उखुको समर्थन मूल्य नतोकिँदा किसान मर्कामा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

उखुको समर्थन मूल्य नतोकिँदा किसान मर्कामा


प्रशासन संवाददाता

१३ पुस २०७५, शुक्रबार


काठमाडौं । सरकारले उखुको समर्थन मूल्य तोक्न नसक्दा तीन लाख ५० हजार किसान प्रभावित भएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै सांसद हृदयेश त्रिपाठीले हरेक वर्ष कात्तिक मसान्तदेखि मङ्सिरको पहिलो साता उखुको समर्थन मूल्य तोकिने र उखु पेल्ने काम शुरु हुने भएपनि यस पटक त्यस्तो नभएकाले किसान प्रभावित भएकामा गुनासो गरे ।

उनले सरकारले उखुको समर्थन मूल्य तोक्न नसक्दा किसान प्रभावित हुँदा उनीहरुका आश्रित परिवार समेत प्रभावित भएको भन्दै तत्काल मूल्य तोक्न आग्रह गरे । सांसद पुष्पा भुसालले महिला हिंसाका घटना नियन्त्रण गर्न नसकेकामा सरकारको आलोचना गरे ।

उनले कञ्चनपुरको निर्मला पन्तको बलात्कारपछि हत्या भएको लामो समयसम्म हत्यारा पत्ता नलाग्दा नागरिकमा निराश पैदा भएको भन्दै तत्काल अपराधीलाई पक्राउ गरी कारवाही गर्न सरकारसँग माग गरे ।

प्रतिक्रिया दिनुहोस