कर्मचारी समायोजनका लागि फारम भर्न सुरु « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

कर्मचारी समायोजनका लागि फारम भर्न सुरु


प्रशासन विशेष ब्युरो

१३ पुस २०७५, शुक्रबार


कर्मचारी समायोजन

काठमाडौँ । कर्मचारी समायोजन फारम भर्न सुरु भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत कर्मचारी समायोजन तथा संगठन विकास महाशाखा प्रमुख सहसचिव केदार पनेरुले शुक्रवार समायोजनका लागि फाराम भरेसँगै औपचारिकरुपमा फारम भर्ने प्रक्रिया सुरु भएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव पनेरुले प्राथमिकता क्रमअनुसार संघलाई रोजेका छन् ।

यससँगै अव कर्मचारीहरूले सङ्घ, प्रदेश र स्थानीय तहका लागि अनलाइनबाट फारम भर्न सक्ने मन्त्रालयले जनाएको छ ।

‘कर्मचारी समायोजन प्रक्रिया अन्तर्गत मैले मेरो रोजाइअनुसार फारम भरेको छु,’ महाशाखा प्रमुख पनेरुले भने, ‘सरकारको प्रमुख प्राथमिकता र संवैधानिक दायित्वको विषय बनेको कर्मचारी समायोजन प्रक्रियाअन्तर्गत आजबाट फारम भर्न सुरु भएको छ, अब देशभरबाट अनलाइनबाट भर्न सकिने छ ।’

सरकारले ११ पुसमा कर्मचारी समायोजन सम्बन्धी २१ दिने सार्वजनिक सूचना प्रकाशन गर्दै औपचारिकरुपमा समायोजनको प्रक्रिया सुरु गरे पनि प्राविधिक कारणले दुई दिन पछि मात्रै फारम भर्न सकिने भएको हो ।

मन्त्रालयले निजामती कर्मचारी, समिति, आयोग, प्रतिष्ठानलगायत खारे भएका निकायहरूका कर्मचारीका लागि, जिल्ला समन्वय समितिका कर्मचारी र पद मिलान नभई सकेका अर्थात् फाजिलमा परेका कर्मचारीका लागि छुट्टाछुट्टै ४ वटा सूचना प्रकाशन गरि सकेको छ ।

प्रतिक्रिया दिनुहोस