देउवा सरकारको पालामा नियुक्त भएका ३ देशका राजदूत फिर्ता बोलाइए « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

देउवा सरकारको पालामा नियुक्त भएका ३ देशका राजदूत फिर्ता बोलाइए


१२ पुस २०७५, बिहिबार


काठमाडौँ । सरकारले देउवा सरकारको पालामा नियुक्त भएका ३ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बङ्गलादेश, दक्षिण कोरिया र स्पेनका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो।

बंगलादेशका लागि नेपाली राजदूतमा डा। चोपलाल भुषाल, दक्षिण कोरियाका लागि अर्जुन जङ्ग बहादुर सिंह र स्पेनका लागि भरतबहादुर रायमाझीलाई फिर्ता बोलाउने भएको हो ।

भुषाल र सिंह नेपाली काँग्रेस तथा रायमाझी राष्ट्रिय प्रजातन्त्र पार्टीको कोटामा देउवा सरकारको पालामा नियुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस