प्राज्ञ नियुक्तिप्रति असन्तुष्टि « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

प्राज्ञ नियुक्तिप्रति असन्तुष्टि


१२ पुस २०७५, बिहिबार


काठमाडौं । जनसांस्कृतिक महासङ्घ, नेपाल सहित सात सङ्गठनले नेपाल प्रज्ञा–प्रतिष्ठानको नियुक्तिप्रति असन्तुष्टि जनाएका छन् ।

महासङ्घका अध्यक्ष सरल सहयात्रीसहित अखिल नेपाल लेखक सङ्घ, अखिल नेपाल जनकलाकार सङ्घ, अखिल नेपाल ललितकला सङ्घ, अखिल नेपाल चलचित्रकर्मी सङ्घ, अखिल नेपाल नाट्यकर्मी सङ्घ, लोकवार्ता परिषद्, नेपाल र इतिहास तथा समाज अध्ययन परिषद्का पदाधिकारीले संयुक्तरुपमा विज्ञप्ति निकाल्दै उक्त प्रतिष्ठानमा गरिएको नियुक्ति सैद्धान्तिक आधारमा नभएको आरोप लगाएका हुन् । सरकारले केही दिनअघि उक्त प्रतिष्ठानमा प्राज्ञ नियुक्त गरेको थियो ।

अध्यक्ष सहयात्रीले प्रष्तिठानमा संस्कृति नबुझेका व्यक्तिलाई नियुक्ति गरिएको जनाउँदै अब नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा नियुक्ति गर्दा वैचारिक र सांस्कृतिक मूल्य मान्यताका आधारमा गर्न माग गरेका छन् ।

हेर्नुस् विज्ञप्ति :

Tags :
प्रतिक्रिया दिनुहोस